समाचार

एक्सनमा उत्रिए मेयर शाक्य : खुल्लामञ्च कब्जा गरेकाहरुलाई धपाएरै छाडे !

पछिल्ला केही दिनहरुमा सरकारी जग्गामा व्यक्तिको नियन्त्रण लिएको कुरा चर्चामा रहेको छ । प्रधानमन्त्री निवास बालुवाटार देखि सुरु भएको यो विषय अहिले काठमाडौं खुल्लामञ्चसम्म आइपुगेको छ । यो बिचमा महानगरपालिकाले शनिबार दिउँसोदेखि खुलामञ्चमा डोजर लगाएर टहर भत्काएको छ ।

खुलामञ्चभित्र बनाइएका सटर लगायतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग र रुवाबासी मच्चिएको छ । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर लगाएको हो ।

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले केही दिन पहिले मात्रै खुल्लामञ्चमा डोजर लगाउने बताउनु भएको थियो । महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो ।

भिडियोमा हेर्नुहोस यसरी डोजर चल्यो खुलामञ्चमा

खुलामञ्चमा डोजर चल्यो ! पसलेको भागाभाग

खुलामञ्चमा डोजर चल्यो ! पसलेको भागाभागhttps://www.onlinekhabar.com/2019/04/761447

Gepostet von OnlineKhabar am Samstag, 27. April 2019

र यो पनि पढ्नुहोस्

काठमाडौँ महानगरकी उपमेयर खड्गीलाई व्यापारीले खुलामञ्चबाट लखेटे

काठमाडौँ, १४ बैशाख । शनिबार काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा बनाइएका अवैध संरचना भत्काएको छ ।

ठेकेदार कम्पनीले सम्झौताविपरित सटर निर्माण गरेर व्यापारीहरुलाई भाडा दिएको सार्वजनिक भएपछि महानगर र सरकारको आलोचना भएको थियो ।

जनस्तरबाट व्यापक आलोचना भएपछि मेयर विद्यासुन्दर शाक्य एक्सनमा उत्रिएका हुन् । उनले यसको संकेत शुक्रबार नै गरेका थिए । र, उनी उपमेयर हरिप्रभा खड्गीप्रति रुष्ट पनि थिए ।

मेयर शाक्यले उपमेयर खड्गीलाई अनुगमनको जिम्मा दिएको तर, प्रतिवेदन नबुझाएको आरोप लगाएका थिए ।

शनिबार भने उपमेयर खड्गी संरचना भत्काइरहँदा खुलामञ्च पुगिन् । त्यसअघि पुगेका मेयर शाक्य कार्यक्रममा जान भन्दै निस्किसकेका थिए । उनलाई व्यापारीहरुले अवरोध वा विरोध केही गरेका थिएनन् ।

तर, जब उपमेयर हड्गी पुगिन् आक्रोशित व्यापारीरुले उनलाई लखेटे । उनले आइतबार यस विषयमा बैठक बोलाएको र जसरी पनि खुलामञ्च खाली गर्ने तयारीमा रहेको सञ्चारकर्मीलाई बताइन् । तर, शनिबारै डोजर लगाएर ‘जे भयो, राम्रै भयो’ भनेर प्रतिक्रिया दिइन् ।

उनले मिडियालाई प्रतिक्रिया दिँदै गर्दा पुगेका व्यापारीहरुले खड्गीलाई घेरेका थिए । आक्रोशित व्यापारीहरुले खड्गीमाथि हतापातको प्रयास समेत गरेका थिए । त्यसपछि, प्रहरीले उपमेयर खड्गीलाई भीडबाट बाहिर निकालेको थियो ।

Related Articles

Close