भिडियो

माइत आएकी नन्दले भाउजुलाई निर्घात कुटिन्, मुखमा कालो पोतेर कपाल काटिदिइन्

हेर्नुहोस् भिडियो – काठमाडौं। पछिल्लो समय एउटा भिडियोले सामाजिक संजाल तताइरहेको छ । यो भिडियो भारतको उत्तर प्रदेश मेरठको मेडिकल थाना क्षेत्रको एक कोलोनीको भएको भारतीय मिडियाले लेखेका छन् । यहाँ नन्द भाउजुको लडाइँले घरको सीमा पार गरेर बाहिर निस्कियो । नन्दले भाउजुलाई निर्मम तरिकाले लात्तीले हानिन् । भाउजुको मुखमा कालो पोतिदिएर उनको कपाल काटिदिइन् । भाउजुले कुटाइ खाइरहिन् तर छिमेकीहरुले भने तमाशा हेरेर बसे ।

छिमेकीले झगडा शान्त पार्नुको साटो भिडियो बनाउँदै बसे । पछि कसैले यो भिडियो सामाजिक संजालमा शेयर गरिदियो । भारतीय मिडियामा उल्लेख भएअनुसार नन्दको केही समय पहिले मात्र बिहे भएको थियो । नन्द माइती आएकी थियन् । यही बीचमा उनको भाउजुसँग झगडा भयो । नन्दले आफ्ना पति र भाउजुको अवैध सम्बन्ध भएको आरोप लगाएर कुटेकी थिइन् । तर, भाउजुले भने नन्दको आरोप अस्वीकार गरिरहिन् । पुलिसले यी दुईलाई छुट्याएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । हेर्नुहोस् भिडियो –

यो पनि पढ्नुस

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने , र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Related Articles

Close