भिडियो

नेपाल र भारतको सिमानामा पर्खाल लाउनुपर्छ,पशुपतिबाट भारतीय भट्ट लखेट्नुपर्छ – पत्रकार लिलाराज खतिवडा | (हेर्नुहोस भिडियो)

Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation.

We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.

जुम्ला – जुम्लामा निर्माणाधिन घर भत्किदा एक जनाको मृत्यु भएको छ। गुठिचौर गाउँपालिका ५ धिताचौरमा बनाउँदै गरेको घर भत्किदा चन्दननाथ नगरपालिका ५ का ५१ बर्षिया रत्नराज गिरीको मृत्यु भएको हो भने उनकी ४९ बर्षिया पत्नी हरिदेबी गिरी गम्भीर घाईते छिन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार उद्दार गरेर अस्पताल पुर्याइसकेपछि उपचारका क्रममा पतिको मृत्यु भएको हो।

निर्माणाधिन अवस्थामा रहेको घर भत्केको खबर पाउने बित्तिकै प्रहरी निरीक्षक नविन ओली नेतृत्वको टोली उद्दारका लागि घटनास्थल पुगेको थियो। मृतक गिरीकी पत्नी हरिदेवीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ। धिताचौरमा मृतक गिरी स्याउ बगैंचा रेखदेखको लागि घर बनाउँदै थिए। नागरिक न्युज बाट

पुरुष र महिलामा को उत्कृष्ट ?समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ?म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।संसारमा लि· भेद किन भएको होला ?संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ? पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।पुरुषविना महिलाले मात्र संसार चल्छ ?पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

तपाईंले पुरुष र महिला दुवैको जीवन जिउँदा अनुभव गरेको फरकपन ?मलाई भित्रैदेखि महिला हुँ भन्ने अनुभूति हुन्थ्यो तर समाजका लागि जबरजस्ती आफूलाई पुरुषका रूपमा ढाल्न खोज्थें त्यो जटिलता म मात्र अनुभूति गर्न सक्छु । जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ । पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिंसा एवं विभेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ । पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।पुरुष र महिलाका सम्बन्धमा छुट्टाछुट्टै व्याख्या गर्नु परे तपाईंको परिभाषा के हुनेछ ?महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् । नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् । पुरुषलाई म हैकमवादी सोच भएको प्राणी भन्न चाहन्छु जसको सोच कहिल्यै पूर्णरूपमा परिवर्तन हुँदैन थोरै भैहाले पनि केही न केही अंश जीवितै रहन्छ

कान्तिपुर साप्ताहिक बाट सभार

१४ चैत्र – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा अमेरिका पुगेका छन् ।थापा सोमबार राति काठमाण्डुबाट अध्ययनका लागि अमेरिका पुगेका हुन् । थापाले हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी’ विषयमा अध्ययन गर्ने जनाइएको छ ।दुई साताका लागि उनी अमेरिका पुगेका हुन् । सो कोर्षका लागि उनी गतवर्ष नै छनोट भएको भए पनि कार्यव्यस्तताका कारण अहिले अमेरिका पुगेको उनको सचिवालयले जनाएको छ । थापा अमेरिका पुगेर अध्ययन थालिसकेको उनले आफ्नो फेसबुकमार्फत जनाएका छन् ।

Related Articles

Close