Gulf Visa

ब्यस्त सडकमा एक बिशाल सर्प बाटो क्रस गर्न खोज्यो , सबै गाडीले यसरी बाटो काट्न सहयोग गरे , भिडियो बन्यो भाइरल

सर्प भनेपछी हाम्रो सातो जान्छ। सर्पले डसेर पनि धेरै मानिसहरुले ज्यान गएको पनि छ । विश्वमा वर्षेनी सर्पको डसाइबाट कयौं मानिसहरुले ज्यान गुमाउने गर्छन्।यस्तै एक बिशाल सर्पले ब्राजिलको एक सडकमा रोड क्रस गरेको छ । ब्राजिलको बिआएर(३६४ हाइवेमा उक्त सर्पले रोड क्रस गर्न खोजेपछी सबै गाडीले ब्रेक लगाएका छन् ।रोड क्रस गर्न लागेको उक्त सर्पलाई सबै गाडी, साइकलले बाटो काट्न दिएका छन् ।

उक्त सर्प ९।८ फिट लामो भएको बताइएको छ ।सर्पले रोड क्रस गर्न खोजेको उक्त एनाकोन्डालाई सबैजना मानिसले सकूशल बाटो काट्न सहयोग गरेका छन् ।यो घटना ब्राजिलको पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकै भएको हो । रोड क्रस गर्न खोजेको एनाकोन्डालाई देखेर मानिसहरु निकै चकित परेका छन् । मानिसहरुले उक्त एनाकोन्डालाई सकूशल बाटो काट्न सहयोग गरेको यो भिडियो अहिले निकै भाइरल भइरहेको छ ।यो एक सत्य घटना हो । भिडियोमा हेर्नुहोस्

बिर्तामोड । सुतिरहेको अवस्थामा चट्याङ लाग्दा झापामा शुक्रबार एक जनाको ज्यान गएको छ ।

आफ्नै निवासमा सुतिरहेको अवस्थामा चट्याङ लाग्दा ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको हो । उनी भद्रपुर नगरपालिका–६ नयाँबारीका बासिन्दा हुन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीको उपचारका लागि भद्रपुर लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

चट्याङ के हो ? यसको क्षतिबाट कसरी बच्ने ?

काठमाडौँ – बर्खायाम सुरु भएसँगै दैनिक रुपमा चट्याङ परिरहेको हुन्छ । चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि जस्ता समस्या उत्पन्न हुन्छ ।

चट्याङ के हो ?

चट्याङ वातावरणमा हुने प्राकृतिक प्रकृया मध्येको एक हो । अकाशबाट जमिनतर्फ खस्ने एक विद्युतीय प्रवाहलाई चट्याङ भनिन्छ । दुई वटा विद्युतीय चार्जहरूबीचको घर्षणबाट उत्पन्न हुने प्रकाश,ताप र ध्वनिको प्रवाह चट्याङ हो ।

वर्षायाममा वायुमण्डलमा विपरित दिशाका तीव्र गतिको वायु एक आपसमा ठोक्किदा वा घर्षण हुँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो ।

कसरी हुन्छ घर्षण ?

सूर्यको तापक्रमले जमिनको सतहको तापक्रम पनि बढ्छ । यसले गर्दा पृथ्वीको सहतमा रहेको समुन्द्र, नदी, ताल, महासागरआदिबाट वाष्पीकरण विधिबाट पानीका कणहरू माथितिर उढ्दै जान्छन् । बादल जति जति माथि पुग्दै गयो त्यति नै गह्रौ हुँदै जान्छ । र बादलमा परिणत हुँदै जान्छ । यसरी धेरै नै माथि पुगेपछि अत्यधिक चिसोले गह्रौ भएको बादल तलतिर खस्न थाल्छ । यस्तो अवस्थामा तलबाट माथितिर गइरहेका अन्य पानीका कणहरूसँग ठोक्किन पुग्छ र घर्षण उत्पन्न हुन्छ ।

यसरी तलबाट माथितिर जाने बादलमा हुने ऋणात्मक चार्ज र माथितिरबाट तल झर्ने धनात्मक चार्जबीचको ठक्करले करेन्ट पैदा हुन्छ र चट्याङ बन्छ ।

चट्याङका प्रकार

चट्याङ सामान्यतया तीन प्रकारको हुन्छ ।

१) बादलभित्रै उत्पन्न हुने वा बादलभित्रै रहने चट्याङ – यो चट्याङ एउटै बादलभित्रका कणहरूबीच घर्षण भइ उत्पन्न हुन्छ । यस्तो चट्याङ बादलभित्रै हुने भएकाले जमिनसम्म आइपुग्दैन

२) बादल बादलबीचको चट्याङ – यो चट्याङ बादल–बादलबीच सामान्य ठक्करबाट उत्पन्न हुने चट्याङ हो यो पनि सामान्यता जमिनसम्म आइपुग्दैन

३) बादल र जमिनबीचको चट्याङ – बादलबीचको ठक्करबाट उत्पन्न भएर जमिनसम्म आइपुग्ने चट्याङलाई बादल र जमिनबीचको चट्याङको रुपमा लिन सकिन्छ । यो निकै नै खतरनाक हुन्छ । यो पनि दुई प्रकारको छ । एउटामा बादलको तल्लो भागमा रहेको ऋणात्मक चार्ज जमिनतिर पर्छ भने अर्को माथिल्लो भागबाट धनात्मक चार्ज जमिन तर्फ खस्छ ।
सामान्यतया एक पटक पर्ने चट्याङमा पाँच हजारदेखि २ लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह हुने बताउँछन् चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा । उनका अनुसार बादलको तल्लो भागमा रहेको ऋणात्मक चार्जमा कम र माथिल्लोको धनात्मक चार्जमा धेरै विद्युतीय प्रवाह हुन्छ ।

चट्याङको असर

सामान्यतया चट्याङ लागेका जनावर वा मानिसको मृत्यु भएको पाइन्छ । तर चट्याङमा परेर मर्ने मात्र होइन धेरै मात्रामा घाइते पनि हुने गर्दछन् । चट्याङ विशेषज्ञ शर्माका अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ ।

चट्याङबाट बच्ने उपाय

हुन त चट्याङ प्राकृतिक कुरा हो कहाँ कहिले पर्छ सजिलै थाहा पाउन सकिँदैन । तर पनि चट्याङ परेको बेलामा केही सावधानी अपनाउन सकिने हो भने यसको क्षतिबाट बच्न सकिन्छ । चट्याङविद शर्मा यसको क्षतिबाट बच्च यस्ता सुझाव दिन्छन् ।

पानी परेको समयमा सकभर घरबाहिर ननिस्कने

घर बाहिर भएसकेसम्म चाँडो गरी घरभित्र बस्ने

घरका विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि चट्याङ परेको समयमा प्रयोग नगर्ने

दिनको तीन बजेदेखि राती आठ बजेसम्म चट्याङ पर्ने हुनाले उक्त समयमा सकेसम्म घरबाहिरका काम नगर्ने घरभित्रै बस्ने

यदि बाहिर भएर घर जान नसक्ने अवस्था भएमा सानो सानो रुखहरूको छेवैमा रुखको उचाइ बराबरको दूरीमा टुक्रुक्क बस्ने ।

यदि ठूला रुख आसपासमा भए सकभर त्यसबाट टाढै रहने ।

चट्याङ लागेर कोही घाइते भए तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्र लैजाने

Related Articles

Close