Information

पैसा हराए कमाउन सकिन्छ तर, संस्कृति हराए सर्वस्व हराउछ तपाईं हराउनुहुन्छ

अर्बिन कौशिक, अस्ट्रेलिया राजा ठकुरी हुँदा बलिया मगरहरुलिएर नेपाल एकीकरण गरेका थिए। राई, लिम्बु, गुरुङ अनि तामाङले गोर्खाली को नाममा नेपाल चिनाए। शेर्पाहरु हिमाल चढी नेपालि शक्ति विश्वशामु देखाए । क्षत्री सेना पुलिस भएर देशभित्र शान्ती सुरक्षा र धर्मरक्षा गरिरहे। ब्रह्माण्डहरु देशका संस्कृती सम्बर्द्धन गर्न, साहित्य लेख्न र प्रशासन चलाउन व्य्सत भए।

देशको व्यापार व्यबसाय उन्नति गराउन, मौलिक संस्कृति जात्रा, पर्व र विधीको इतिहासदेखि आजसम्म यथावत राख्न नेवारहरु धार्मिक र अर्थिक गतिविधिमा व्यस्त देखिन्थे। देशको कलाकृती वस्तुकला, बाजागाजा, पोशाक को जरैदेखि विकाश गर्न सबैभन्दा बढी सिपले भरिपूर्ण जातिहरु तल्लिन देखिन्थे ।साथसाथै तराइबासी नेपालिहरु सिमाना रक्षा गर्न आफ्नो ज्यानको बाजि लगाउथे । एउटै धर्मभित्रको छुट्टै संस्कृति भएको उनिहरुले नेपालको सुनमा सुगन्ध बढाउथे।

यतिसम्मकि !!!..देश हिन्दु रास्ट्र हुदा पनि देशको राजधानी मै मस्जिद थियो जुन विश्वभरिमानै एउटा अनौठो थियो आश्चर्य थियो । नकोही मुस्लिमलाइ घृणा गर्थे न उनिहरुलाइ कुनै शंकाले हेरिन्थ्यो । मात्र उनिहरु नेपालि मुस्लिम थिए। अझ राजाबाटै मक्का मदिनामा हज गर्न उनिहरु विशेष बिदाइ पाउथे । देशमा धार्मिक सहिष्णुकको अवस्था थियो । हिन्दु बुद्धिष्ट र किरात नेपाली भुमिको मौलिक धर्म थियो छ र रहिरहनेछ। यी तीन सबै ॐकार परिवारको धर्म हुन ।

शिव र पार्वती जस्लाइ हिन्दुहरु भगवान मान्छन ठिक त्यही भगवानलाइ किरात समुदायमा सुम्निमा र पारोहाङको नामले चिनिन्छ। किरातको बुढासुब्बा र पाथिभरामा सबै हिन्दु बुदिस्ट जान्छन पूजा गर्छन् कस्तो सद्भाव थियो।

पशुपतिनाथमा पनि सबै हिन्दु बुद्धिस्ट र किराँती जान्छन् पूजा गर्छन सद्भाव उन्नत अवस्थामा थियो। भगवान बुद्ध जस्लाइ हिन्दुहरु भगवान बिष्णुको सातौ अवतार मान्छन अनि बुद्ध धर्ममान्ने समुदाय वहालाइ भगवान मान्छ्न जुन ठाउँ लुम्बिनी छ जहाँ सबै नेपाली जान्छन र पूजा गर्छन्।

यस्तो राम्रो धार्मिक सद्भाव थियो त्यहाँ । हिन्दु समुदायले गाइलाइ देविको बहान सम्झेर पूजा गर्दा सबै अरु समुदाय पनि सम्मिलित हुन्थे। बिरोधको कुरा भन्ने छदै थिएन अनि तामाङ गुरुङको संस्कृतिमा सोमरसको प्रयोग हुँदा पुजारि ब्राह्मणहरु बिरोध गर्दैनथे नत पन्डितहरु नै बसाइ सर्थे । सबै संगै एउटै ठाउँमा मिलेर बसेको होइन र ??

आज के हुँदैछ त्यो भोलिको कहालिलाग्दो नेपाल बन्दै छ। जनजाती समुदाय जस्ले सुंगुर बंगुरको मासु प्रयोग गर्छन् अनि ब्राह्मण क्षत्री प्रयोग गर्दैनन तरपनी कहिकतै बिरोध थिएन् किनकी त्यो आस्थासंग जोडिएको कुरा थिएन । नेपालि मिल्नुमै विश्वास गर्ने जनता हुन्।

आज आगन जोडिएका एकअर्को नेपाली भोलि गाइ पुजा गर्ने वा खाने निहुमा बाडिदै छन टाढिदै छन् जुनकुरा नेपालिभित्रबाट नभै नेपाली सद्भाव बोथोल्ने बिदेशी दलालहरुवाट उठेको हो। नेपाल अस्थिर भए र इसाइअकरण गर्नसके तिब्बत स्वतन्त्रको नारा लगाउदै चिनको विश्व आधिपत्य ध्वस्त गराउन सजिलो हुने, नेपाली धर्म संस्क्रुती निमिट्यान्न पार्न सजिलो हुने र धार्मिक अतिक्रमण गरि नेपालमा इसाइ राज गराउने ।

याद गरौ तपाईको पैसा हराएको खण्डमा तपाइको इच्छा चाहान र माग मात्र हराउछ त्यो पैसा आएको खण्डमा फर्काउन मिल्छ। तपाईंको घर ध्वस्त भए तपाईंको बासस्थान मात्र मेटिन्छ र तपाईं पुन अर्को घर बनाउन सक्नुहुन्छ। तपाइको सम्बन्ध टुटेमा मात्र तनाब आइलाग्छ नया सम्बन्ध जोड्न सक्नुहुन्छ । तपाइको शिक्षा मेटिएमा तपाइको चेतनाको आत्मविश्वास मात्र आत्मविश्वास हराउछ ।

तर यदि तपाईंको धर्म संस्कृति हराएमा तपाईं हराउनुहुन्छ तपाईंको पहिचान हराउछ तपाइको पुर्खाको ईतिहास हराउछ, सदियौदेखिको परम्परा हराउछ, भाषा भेषभुसा हराउछ, तपाईंको बाबुआमाको स्नेह हराउछन, उनिहरुको संस्कार हराउछ, र तपाईं बिल्कुल टाढा बन्नुहुन्छ। जुन बाटो धर्म परिवर्तन को हो त्यो बाटो एकचोटी गएपछी फर्कने सम्भावन समाप्त हुन्छ। होस गरौं । फर्काउन मिल्ने मात्र परिवर्तन गरौं ।

यो पनि पढ्नुस बुद्धका १० उपदेश जसले तपाईं-हाम्रो जीवनप्रतिको दृष्टिकोण बदलिदिन सक्छ शाक्यमुनी बुद्ध (सिद्धार्थ गौतम), जो बुद्धका रुपमा चिनिन्छन्, उनी एक अन्तरज्ञानी थिए र गुरु पनि जसले बुद्ध धर्मको जग बसाले । बीसीको छैठौं शताब्दीमा जन्मिएर चौथौं शताब्दीमा उनको निधन भएता पनि उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक लाग्छन् । उनका विचारहरुले आज पनि संसारका करोडौं मानिसहरुलाई उत्प्रेरणा दिइरहेको छ । आज हामीले तपाईहरुका लागि पनि बुद्धका १० विचार ल्याएका छौं, जसले जीवनमा सधैं अगाडि बढ्न मद्दत गर्नेछ ।

१. जीवनमा सानो कुराबाट सुरुवात गर्नु खराब कुरा हैन, यो राम्रो कुरा हो । बुद्धले भनेका छन्, ‘एउटा जग थोपा थोपा पानीले भरिने गर्छ । त्यस्तै गरी, बुद्धिमान मानिसले सानो सानो कुरा समेटेर आफूलाई राम्रो कुराहरुले भरिपूर्ण गर्छ ।’

एक अमेरिकी कवि, दर्शनशास्त्री एवं निबन्धकार राल्फ वल्डो इमरसनले एकपटक भनेका थिए, हरेक चित्रकार एक पटक अपरिपक्व नै हुन्छ । यस बारेमा सोच्नुहोस्, हामी सबैले सानोबाट नै सुरुवात गर्नुपर्छ तर यसको मतलव यो हैन कि हामीले त्यो सानो सुरुवातलाई घृणा गरौं । हामी धैर्यवान हुनुपर्छ, अनि मात्र हामीले चाहेको सफलता पाउन सक्छौं । कसैले पनि कुनै सफलता रातारात पाएका हुँदैनन्, त्यसैले सम्झनुपर्छ कि सानो कुराबाट सुरुवात गरौं र जग नभरिन्जेलसम्म धैर्यवान बनौं ।

२. सोचाई नै सम्पूर्ण कार्य हो। बुद्धले भनेका थिए, ‘हामी जे छौं त्यो सबै हामी आफूले जे सोचिरहेका छौं त्यसको परिणाम हौं । यदि कुनै मानिसले गलत विचार एवं धारणाले काम गर्छ या सोच्छ भने उसलाई दुःख एवं पीडा प्राप्त हुन्छ । यदि कुनै मानिसले स्वच्छ सोचाई राखेर कुरा गर्छ या काम गर्छ भने उसलाई खुशी मिल्छ । सोच अनुसारको व्यवहार भनेको एकप्रकारको छायाँ जस्तै हो जसले कहिल्यै पनि छाड्दैन ।’

उनले एकपटक भनेका थिए, दिमाग नै सबै कुरा हो, तिमी जे सोच्छौं तिमी त्यही बन्छौ । त्यसैले यदि खुशीपूर्वक बाँच्नु छ भने हामीले आफ्नो दिमागलाई राम्रो र दयावान सोचाईले भर्नुपर्छ । नकारात्मक सोचाईले बिस्तारै हामीलाई नै बर्वाद गरिदिन्छ । किनभने हामीले जसरी सोच्छौं त्यो सोचाईले नै हाम्रो कामलाई असर गर्छ, त्यही अनुसार नै हामीले कर्म गर्छौं र हाम्रो कर्मले नै हामीले के पाउँछौं भन्ने कुरा निर्धारण गर्दछ । बुद्धले भनेका थिए, ‘सबै खराब कर्महरु दिमागबाटै उब्जिन्छन् । त्यसैले दिमागलाई परिवर्तन ग¥यौं भने खराब कर्महरु दिमागबाट हट्नछन् ।’

३. क्षमा गर्न सिकौं। घृणा भन्ने कुरा घृणा गरेर कम हुँदैन बरु माया गरेर कम हुन्छ । जब तिमीले क्षमा गर्न नसकेर मनमा बन्दी बनाएर राखेकाहरुलाई खुला गरिदिन्छौं तब तिमीले आफूलाई पनि त्यो जेलबाट मुक्त गछौं । बुद्धका अनुसार हामीले कसैलाई तल नबसी तल राख्न सक्दैनौं । त्यसैले जति छिटो हामी अरुलाई क्षमा गर्न सिक्छौं त्यति नै राम्रो हुन्छ । बुद्धले भनेका छन्, ‘पागलपन जस्तो कुनै आगो हुँदैन, घृणा जस्तो कुनै अपराध हुँदैन, मुर्खता जस्तो कुनै जाल हुँदैन, लोभ जस्तो कुनै बाढी हुँदैन ।’

४. हाम्रो काम नै हो जो सबैभन्दा महत्वपूर्ण हुन्छ। यदि कुनै काम गर्नुछ भने त्यसलाई एकदमै मनबाटै गर्नुपर्छ । अगाडि बढ्नका लागि जीवनमा हरेक दिन केही न केही गर्नु जरुरी हुन्छ । एउटा पूरानो भनाई छ, ‘भगवानले हरेक चरालाई किरा दिएको हुन्छ, तर कसैलाई पनि उसले उनीहरुकै गुँडमा फालिँदिँदैन ।’ त्यसैले यदि तपाई केही गर्दै हुनुहुन्छ भने मनबाटै गर्नुहोस्, सफलता तपाईले नै पाउनुहुनेछ ।

५. बुझ्ने कोसिस गरौं । ‘हरेक क्षेत्रमा जाऊँ– खुशीका लागि, शान्तिका लागि, सबै मानिसको हितका लागि । आफ्नो मनलाई सुझबुझको बिऊ प्रदान गर, त्यस्तो बत्ती जस्तो जसले आफैलाई जलाएर अन्धकारलाई हटाउँछ ।’

एक अमेरिकी शिक्षक, लेखक एवं व्यवसायी स्टेफेन कोभेले एकपटक भनेका थिए, ‘पहिले बुझ्नका लागि हेर, त्यसपछि मात्र बुझ ।’ यस्तोमा हामी सोच्न सक्छौं, हो यो भन्नलाई त सजिलो छ नि तर यो त्यति अप्ठ्यारो पनि छैन जति हामी सोच्ने गछौं । अर्को व्यक्तिको विचार बुझ्नका लागि पहिले आफूमा भएको रिसलाई त्यागौं । अरुको कुरा सुनौं, उसले के अनुभव गरेको छ भन्ने बुझौं त्यसपछि हामीले शान्ति प्राप्त गर्छौं । हरेक पटक ठीक हुनुभन्दा खुशी हुने कुरालाई प्राथमिकता दिऔं ।

६. आफ्नो दिमागलाई वशमा राखौं। ‘कुनै पनि कुराले हामीलाई त्यति असर गर्दैन जति हामीलाई हाम्रो आफ्नो अनियन्त्रित सोचाईले गर्ने गर्दछ ।’ युद्धका मैदानमा सयौं व्यक्तिलाई कैद गर्न सक्ने व्यक्तिभन्दा पनि त्यो व्यक्ति महान् बन्छ जसले आफ्नो विचारहरुलाई आफ्नो वशमा राख्न सक्छ ।

हाम्रो विचारहरुलाई हामीले समुद्रको छाल जस्तो गरी व्यवहार गर्न दिनुहुन्न । समुद्रका छालहरु शक्तिशाली हुन्छन् र अनियन्त्रित हुन्छन्, हाम्रो वशमा नरहेको विचार पनि त्यस्तै हुन्छ । हामी सोच्न सक्छौं कि म आफ्नो सोचाईलाई कसरी नियन्त्रित गरौं, यो त जति बेला पनि आउन सक्छ । हो तर यो कुरालाई यसप्रकार पनि बुझ्न सकिन्छ । ‘हामी आफ्नो टाउकोमाथि उड्ने चरालाई रोक्न सक्दैनौं, तर त्यो चरालाई आफ्नो टाउकोमा घर बनाउनबाट निश्चय नै रोक्न सक्छौं ।’

७. शान्ति र सौहार्दपूर्ण वातावरणमा बाँचौं। विजयी भावले घृणालाई जन्म दिन्छ । यसले जीवनलाई दुःखमा पु¥याइदिन्छ । हार र जितभन्दा पर रहेमा मात्र खुशी र शान्तिपूर्वक बाँचन सकिन्छ । आफ्नो मनमा जे भेटिन्छ मात्र त्यही खोज्नका लािग बाहिर नहेरौं । कहिलेकाँही हामी यथार्थता र शान्तिबाट पर राख्नका लागि मात्र केही कुरा चाहिरहेका हुन्छौं । शान्ति भनेको कुनै नयाँ जागिर हैन, शान्ति आनन्द भनेको नयाँ घर वा नयाँ गाडी हैन, न त नयाँ वैवाहिक सम्बन्ध नै हो । सुख र शान्ति एवं आनन्द भन्ने कुरा आफैभित्र रहने कुरा हो ।

८. कृतज्ञ बनौं। ‘स्वास्थ्य भनेको सबैभन्दा ठूलो उपहार होे, सन्तुष्टि सबैभन्दा ठूलो धन हो ।’ सधैं सम्झौं, जीवनमा सधैं केही न केही हुन्छ जसका लागि हामी कृतज्ञ बन्नुपर्छ । हिजो राती निदाएका सबैजनाले आजको बिहान देख्न पाएका हुँदैनन् । त्यस्तै धेरैजना आज कुनै न कुनै रोगबाट लडिरहेका हुन सक्छन् । त्यसैले जीवनमा सधै केही न केही हुन्छ जसका लागि हामीले आफूलाई कृतज्ञ बनाइराख्नुपर्छ । ठूलो हृदयले नै हामीलाई ठूलो बनाउँछ ।

९. हामीले जानेको कुरामा सधैं सत्य बनौं । ‘जसरी कुनै ठूलो पत्थरलाई हावाले उडाउन सक्दैन, त्यस्तै ज्ञानी व्यक्ति प्रशंसा या आरोपले हराउँदैन ।’ हामीलाई धेरै कुरा थाहा हुन्छ, तर हामीले सधैं हामीलाई थाहा भएकै कुरा गर्दैनौं । यदि हामी लड्यौं भने हामीले हामीलाई के गर्ने थाहा नभएर लडेका हुँदैनौं यो यसकारण हुन्छ किनकी हामीले त्यो काम गरेनौं जुन हामीलाई थाहा थियो हामीले गर्नुपथ्र्यो । आफूप्रति सधैं सत्य रहौं ।

१०. खुशी बाँडौं । ‘एउटा मैनबत्तीबाट हजारौं मैनबत्तीहरु बाल्न सकिन्छ, र यसबाट त्यो मैनबत्तीको जीवन छोटो हुँदेन । खुशी पनि बाँडेर थोरै हुँदैन, घट्दैन ।’ यो साँचो कुरा हो, खुशी भनेको कुरा कहिल्यै पनि बाँडेर कम हुँदैन तर झन् बढ्न पुग्छ जब बाँडिन्छ । आफ्नो खुशी अरुको अगाडि नलुकाऔं, खुशी बाँडौं र आफ्नो वरपरको वातावरणलाई अझ राम्रो बनाऔं ।

Related Articles

Close